संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिए बालेनले

काठमाडौँ । अब काठमाडौंका निजी विद्यालयका शिक्षकले सामुदायिक विद्यालयका शिक्षक सरहको तलब पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिएका छन् ।
मेयर बालेनले बिहीबार एक स्टाटस लेख्दै सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन् ।मेयर बालेनले काठमाडौं महानगरपालिकामा निजी विद्यालयका शिक्षकहरूको पारिश्रमिक सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने बताएका छन् ।
बालेनले लेखे,ूकाठमाडौं महानगरपालिकामा संस्थागत निजि प्राइभेट विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा २७छ मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।
उनी थप्छन्, सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।
मेयर बालेनले निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध पनि गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top