विश्व स्वास्थ्य संगठनले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गर्छौं स्वास्थ्य मन्त्री खतिवडा


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गरिने जनाएका छन्।
मन्त्री खतिवडाले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अनुमति पाएको अवस्थामा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको जनाए।
उनले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने बताए।
पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अधिकांश देशहरूमा फैलिँदै जाँदा नेपालमा पनि बुस्टर डोजको कुरा आएको हो। तर खोपले उक्त नयाँ भेरियन्टलाई रोक्न मद्दत गर्छ , गर्दैन भन्ने ठोस तथ्य बाहिरिएको छैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top