नेपालमा थप एक जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखियो


काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी भएको छ ।
संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाइएको छ । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको जनाइएको छ ।
योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार २३६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार २३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २७२ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ।
भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौं ७६ संक्रमित थपिएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top