सर्भेयर एसोसिएसन र बीमा समितिका अध्यक्ष सिलवालबीच भेटवार्ता


काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को नवनिर्वाचित कार्यसमिति र बीमा समितिका अध्यक्ष सूर्य सिलवालबीच भेटवार्ता भएको छ ।
निसाका अध्यक्षमा मोहन पुरुष ढकालको नेतृत्वमा गएको प्रतिनिधीमण्डललाई मङ्गलबार समितिमा स्वागत गर्दै समितिका अध्यक्ष सिलवालले समितिले समग्र बीमा व्यवसायलाई माथि उठाउनका लागि सर्भेयरहरुको पनि उच्च योगदान रहेको बताउनुभयो ।
बीमा क्षेत्र सर्भेयरहरुको भएको भन्दै उहाँले सर्भेयरहरुका समस्याहरुलाई सामुहिक छलफलबाट हल गर्नुपर्ने बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७८/७९ लाई बीमा दाबी वर्ष घोषणा गरिएकाृ भन्दै अध्यक्ष सिलवालले यसमा सर्भेयरहरुको उल्लेखनीय भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
समितिले पुस २० गतेभित्र बीमक संघ, बीमित संघ, सर्भेयर संघ, समितिलगायतका सरोकारवाला निकायहरुका बीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष सिलवालले बताउनुभयो ।
सो अवसरमा निसाका अध्यक्ष ढकालका साथै उपाध्यक्ष देउकाजी गुरुङ, महासचिव पवित्र विक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द तथा सहस्यहरु शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाटलगायतको सहभागिता रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top