आज मंगलबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौ । सुनचाँदीको भाउ मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ३० गते, सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको भाउमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा १०० रुपैयाँले मात्र सस्तिएर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा झरुेको थियो ।
मंगलबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबक्री हुँदैछ । हिजो चाँदी प्रतितोला १० रुपैयाँले ओरालो लागेर एक हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top