विद्युतीय गाडीमा लाग्दै आएको कर हेरफेर गरे पछि नेपालमा आयात हुने विद्युतीय गाडीको मूल्यमा प्रतिस्पर्धा

काठमाडौँ । सरकारले अगामी आर्थिक बर्षको बजेट मार्फत विद्युतीय गाडीमा लाग्दै आएको भन्सार र अन्तस्शुल्क हेरफेर गरे पछि नेपालमा आयात हुने विद्युतीय गाडीको मूल्यमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
खासगरी नेपालमा सबैभन्दा बिक्री हुँदै आएका सय किलोवाट मोटर क्षमताका गाडीको मूल्यमा बिक्रेता कम्पनी बिच रोचक प्रतिस्पर्धा हुने भएको हो । सय किलोवाटसम्मका मोटर जडिट विद्युतीय गाडीमा आगामी आर्थिक बर्ष २०८०र८१को बजेट मार्फत अर्थमन्त्री प्रकाशरण महतले १५ प्रतिशत कर बढाएका थिए ।
जसमा यसअघि १० प्रतिशत कर लगाउँदै आएको १०० किलोवाटसम्मका गाडीमा १५ भन्सार र १० प्रतिशत अन्तःशुल्क थपिएको छ । समग्रमा सय किलोवाट क्षमताका गाडीमा १५ प्रतिशत कर थपिए पनि नेपालमा सय किलोवाट मोटर क्षमताका गाडीको मूल्य सामान्य वृद्धि गरेका छन ।
मूल्य बढाउँदा गाडी नबिक्ने र इन्धनबाट चल्ने प्यासेन्जर गाडीलाई फाइदा पुग्ने भएपछि कम्पनीहरुले ५० हजारदेखि एक लाखसम्म मात्रै मुल्य बढाएका छन । जसले बजेट मार्फत सरकारले कर बढाए पनि मूल्य भने खासै परिवर्तन नहुने भएपछि विद्युतीय गाडी वितरक बीच नै रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
पछिल्लो मूल्य सूचि अनुसार बिवाईडी, एमजी, नेटा भि, हुन्डाइ कोना र टाटा नेक्सन गाडी बीच रोचक भिडन्त हुँदै आएको छ । यी गाडी नेपाल भित्रिँदा थप १५ प्रतिशत कर बढेपछि मुल्य खासै बढेको छैन । कर बढेपनि मुल्य नबढ्दा नेपाली उपभोक्तालाई भने फाइदा हुने भएको छ ।
विवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले सय किलोवटा क्षमताका बिवाईडी एटो थ्रीको मुल्य एक लाख रुपैयाँ मात्रै बढाइको छ । यस अघि ६४ लाखमा बिक्री हुँदै आएको एटो थ्रि एक लाख बढेर ६५ लाख पुगेको छ । यस अघि साइमेक्स इंक यो गाडीको मुल्य ७४ लाख पुग्ने बताउदै आएको थियो । तर,मुल्य बढाउन बजार गुम्ने डरले अधिकांश कम्पनीहरुले यस्तो रणनीति अपनाएका हुन ।
त्यसैगरी एमजी गाडीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले सय किलोवाट जेडएस ईभीको मूल्य ५० हजार रुपैयाँमात्र बढाएको छ । यस अघि ५२ लाख ४९ हजार रुपैयाँ रहेको यो गाडीको अहिल मूल्य ५२ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।
हुन्डाइले आयोनिक सय किलोवाट सेग्मेन्टको गाडीको मुल्य पनि तत्काल नबढाउने जनाएको छ । त्यसैगरी चौधरी समुहको नेटा भिको मूल्य पनि खासै परिवर्तन गरिएको छैन । यस अघि ३७ लाख ९९ हजार रुपैयाँ रहेको नेटा भि गाडीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सय किलोवाट तलका गाडी सबैभन्दा बढी बिक्री गर्ने कम्पनी टाटा नेक्सन इभिलाई मूल्य नबढाउने दबाब परेको छ ।

एक इभि गाडी बिक्रेताका अनुसार सय किलोवाट क्षमताका इभिको मूल्य ७र८ लाख बढाउने वित्तिकै इन्धनबाट चल्ने प्यासेन्जार गाडीलाई फाइदा पुग्ने र बजार गुम्ने डरले यो रणनीति अपनाउनुपरेको हो।
‘बजेटमा बढेको कर अनुसार मूल्य समायोजन हुन्थ्यो भने एउटा गाडीको मूल्य कम्तीमा ८ लाखसम्म बढ्ने अवस्था थियो’ ती बिक्रेताले भने ‘अहिलेको इभि क्रेजलाई कायम राख्न र उपभोक्तालाई गलत सन्देश नजाओस भन्नका लागि पनि मूल्य खासै नबढाइएको हो’ ।
सय किलोवाटदेखि दुई सय किलोवाटका विद्युतीय गाडीमा करको दर घटाइएपछि यी सेग्मेन्टका गाडीको मुल्य १० देखि १५ लाख रुपैयाँले घटेका छन ।
आगामी बजेट मार्फत १००देखि २०० किलोवाटको गाडीमा यसअघि ३० प्रतिशत अन्तःशुल्क र ३० प्रतिशत भन्सार लाग्दै आएको थियो । तर, यो बजेटपछि १०० देखि २०० किलोवाटका गाडीमा २०–२० प्रतिशत अन्तःशुल्क र भन्सार लगाइएको छ ।
यता अर्थमन्त्री डा प्रकाशशरण महतले ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडी चढ्ने प्रयोगकर्ता सर्वसाधारण नभएको विवादास्पद टिप्पणी गरेका छन् ।
‘क्षमता बढी भएकोलाई चाहिँ घटायो, यो सर्वसाधारणले चढ्ने १०० किलोवाट सम्मकोलाई एकदम बढायो भन्ने हल्ला छ’, उनले भने, ‘कुरा के हो भने यो १०० किलोवाटसम्म चढ्ने सर्वसाधारण होइनन् । यो अहिले पनि तुलनात्मक रूपमा पेट्रोलियम गाडीको तुलनामा अलि महँगो नै हुन्छ’ ।
यी क्षमताका गाडीको मूल्य महँगो पर्ने भएकाले त्यस्ता सवारी खरिद गर्नेहरू सर्वसाधारण वा आमनागरिकमा नपर्ने अर्थमन्त्रीको तर्क छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top