बालाजी सिमेन्ट सोमबारदेखि भारत निर्यात शुरु

काठमाडौँ । बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. बाट उत्पादित सिमेन्ट सोमबारदेखि मित्र राष्ट्र भारत निर्यात कार्य शुभारम्भ भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ मा अवस्थित बालाजी सिमेन्ट ईण्डष्ट्रिजबाट उत्पादित सिमेन्ट मित्र राष्ट्र भारत निर्यात कार्य शुभारम्भ भएको हो ।
कम्पनीबाट उत्पादित बहुवलि र श्रृष्टि ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर विभागद्धारा ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरे सँगै भारत निर्यात शुरु गरेको कम्पनीले जनाएको छ ।
पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक ईन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात शुरु गरेको कम्पनीले जनाएको छ । सोमबार दुई ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात शुरु गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाका हुदै सिमेन्ट निर्यात हुन लागेको हो ।
भारत सरकारको ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्वन्धि ईण्डियन स्टायाण्र्डस ईन्स्टिच्युट (आईएसआई) चिन्ह दिए लगत्तै बालाजी सिमेन्टको उत्पादन बहुबलि र श्रृष्टिको भारततर्फ निर्यात भएको हो ।
कपिलवस्तुबाट सिमेण्ट भारत निर्यात पहिलो पटक भएको दाबी गर्दै कम्पनीले विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको जनाएको छ । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था रहेको छ भने नेपालबाट पनि एनएस चिन्ह नभएका सिमेन्ट निर्यात गर्न पाइदैन । कम्पनीले यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात शुरु गरेको जना हौं । सरकारले सिमेन्ट छड लगायतका ३० भन्दा बढि वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघि नै गरिसकेको छ ।
सरकारले ५० करोड भन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि हामी सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको कम्पनीले जनाएको छ । वर्तमान असहज एंव आर्थिक मन्दिको अवस्थामा सिमेन्ट भारत तर्फ निर्यात गर्ने कार्य यस क्षेत्रबाट शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको उद्योगका संस्थापक सन्दिप कुमार गाडिया बताउनुहुन्छ ।
बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता एक हजार छ सय टन रहेको जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top