विदेशमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजना :श्रमिकहरू सुरक्षा कोषमा जोडिन सक्ने

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको सुरू भएको छ।
बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका हुन्। सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्न लागेको हो।
श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नविकरण गर्ने बेला र नविकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सक्छन्।
कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ। सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ। खल्ती, ईसेवा र कनेक्ट आइपिएसमार्फत् नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन्।
कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ। कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।
२०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो। यो योजना सुरू भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top