नेपाल चीनको हवाई उडान

काठमाडौ । चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ । चीनले सन् २०२३ को शुरुवातसँगै आफ्ना नागरिकहरुलाई विदेश भ्रमणका लागि खुला गरेको थियो । विदेश खुला गरे पनि नेपाल चिनियाँहरुको भ्रमण गर्न दिने सूचीमा नरहेकोमा मार्चमा निकालेको दोस्रो सूचीमा भने नेपाललाई पनि समावेश गरेको थियो ।
नेपाललाई समेत समूहगत रुपमा भ्रमण गर्ने देशमा सूचीमा राखेपछि पछिल्लो समय चिनियाँ पर्यटक बढ्न थालेको हो । चिनियाँ पर्यटक बढेसँगै एयलाइन्स कम्पनीहरुले आफ्ना उडानहरु वृद्धि गर्न थालेको छ ।
चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ । चीनले सन् २०२३ को शुरुवातसँगै आफ्ना नागरिकहरुलाई विदेश भ्रमणका लागि खुला गरेको थियो । विदेश खुला गरे पनि नेपाल चिनियाँहरुको भ्रमण गर्न दिने सूचीमा नरहेकोमा मार्चमा निकालेको दोस्रो सूचीमा भने नेपाललाई पनि समावेश गरेको थियो । नेपाललाई समेत समूहगत रुपमा भ्रमण गर्ने देशमा सूचीमा राखेपछि पछिल्लो समय चिनियाँ पर्यटक बढ्न थालेको हो । चिनियाँ पर्यटक बढेसँगै एयलाइन्स कम्पनीहरुले आफ्ना उडानहरु वृद्धि गर्न थालेको छ ।
अहिलेको पर्यटक आगमन दर हेर्दा झन्डै सन् २०१९ कै हाराहारीमा पर्यटक आउन थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालको पर्यटन उद्योगमा भारतीयपछि ठूलो योगदान दिने चिनियाँ पर्यटकहरु पनि विस्तारै बढ्न थालेको छ । तथ्यांक अनुसार अहिले मासिक ४० देखि ५० हजारको हाराहारीमा चिनियाँ पर्यटक आउन थालेका छन् । चिनियाँ पर्यटक बढेसँगै हवाई कनेक्टीभिटी बढ्न थालेको हो । कोभिड अगाडिकै स्तरमा उडान नभए पनि विस्तारै उडान संख्या भने बढदै जान थालेको छ । नागरिक उडड्यन प्राधिकरणबाट नेपाल चीन उडान गर्न अनुमति प्राप्त गर्ने एयरलाइन्सको संख्या ७ पुगिसकेको छ । नेपालको नेपाल एयरलाइन्ससँगै हिमालयन एयरलाइन्सले समेत चीन उडान गर्न अनुमति पाइसकेको छ । एयर चाइना, क्याथे प्यासिफिक एयरवेज, चाइना इष्टर्न, चाइना साउथर्नसँगै सुछ्वान एयरलाइन्सले समेत चीनका विभिन्न शहरहरुबाट काठमाडौं उडान गर्न नागरिक उडड्न प्राधिकरण९क्यान० बाट अनुमति लिइसकेको छ ।
हिमालयनले काठमाडौं बेइजिङ रुटमा हप्तामा ५ वटा उडान गर्ने अनुमति पाए पनि शुरुवाती चरणमा हरेक शनिबारबाट एउटा उडान शुरु गरेको छ । हिमालयनले कोभिडका कारण रोकिएको यो रूटको उडान गत शनिबारबाट नियमित थालेको जनाएको छ। यससँगै अब हरेक शनिबार एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान गर्नेछ।
यो उडान सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सले बताएको छ। यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन्। हिमालयनले काठमाडौंं कुनमिङ रुपमा पनि हप्तामा २ उडान गर्ने अनुमति पाए पनि उडान भने शुरु गरिसकेको छैन ।
कोभिड संक्रमण कम हुँदै जाँदा एयर चाइनाले शुरुमा हरेक आइतबार छेन्दु काठमाडौं एक उडानबाट शुरुवात गरेको थियो । पछिल्लो समय हरेक हप्ता ५ उडान गर्दै आएको एयर चाइनाले अहिले हरेक दिन एक उडान गर्दै आएको छ । एयर चाइनाले कोभिड अगाडि हरेक दिन दुई उडान गर्ने गर्दथ्यो । एयर चाइनाले जुलाई ३ बाट दैनिक एक उडान गर्ने भएको छ ।
चीनकै चाइना इष्टर्नले हरेक हप्ता ४ उडान गर्ने अनुमति पाए पनि कोभिड पछि भने उडान गरेको छैन । चाइना इष्टर्नले कुनमिङ काठमाडौं उडान गर्दै आएको थियो । एयरलाइन्स स्रोतका अनुसार अगष्टबाट उडान गर्ने तयारी गरिरहेको छ । चाइना साउथर्नले भने जुन ९ बाट दैनिक एक उडान गर्ने कार्यतालिका बनाएको छ । चाइना साउथर्नले ग्वाङझाओ काठमाडौं उडान गर्ने गर्दछ ।
त्यसैगरी सुछुवान एयरलाइन्सले पनि छेन्दु काठमाडौं उडान गर्ने अनुमति पाएको छ । सुछुवानले हरेक हप्ता ४ उडान गर्ने अनुमति पाएको छ । सुछुवान एयरले हालै मात्र छेन्दु पोखरा चार्टड फ्लाइट गरेको थियो जुन पोखरा विमानस्थलमा अवतरण गरेको पहिलो जहाज थियो। चीनले बनाएको भनेर भारतले उक्त विमानस्थलबाट उडान गर्न नदिएपछि चिनियाँ दुतावासको अगुवाइमा पोखरामा पहिलोपटक ड्रायगन बोट फेस्टिभल आयोजना गरिएको थियो जसको उद्देश्य पोखरा विमानस्थलको प्रचार गर्नु थियो।
त्यसैगरी हङकङको ध्वजावाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिकले नेपाल तर्फको उडान संख्या थप्ने भएको छ। कम्पनीले उडान संख्या साताको ५ वटा पुर्याउने तयारी गरिरहेको छ।
त्यस्तै नेपाल एयरलाइन्सले पनि सातामा काठमाडौं हङकङ सेक्टरमा ३ उडान गर्ने गरेको छ ।
त्यसैगरी तिब्बत एयरलान्सले सिआन काठमाडौंं रुटमा पुनः उडान गर्न अनुमति माग गरे पनि अहिलेसम्म अनुमति पाएको छैन ।
नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले चिनियाँ यात्रु बढे सँगै नेपाल चीन उडान गर्ने एयरलाइन्सले उडान संख्या थप्दै गएको बताए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top