चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा छ।माघमा मात्रै १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ।
यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।४ प्रतिशतले घटेको थियो।
माघ एक महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याँकले देखाउछ। पछिल्ले केहि महिनादेखि मासिक रुपमा १ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिदै आएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ पुगेका छन् ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।
माघसम्ममा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top