अप्पर स्याङ्गे हाइड्रोपावरमा अन्तिम दिनसम्म झण्डै १३ लाखले गरे आवेदन

काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयरमा झण्डै १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५:०५ बजेसम्ममा १२ लाख ८२ हजार ४६३ आवेदनबाट १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले दरले हुने आउने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई निष्काशन गरिसकेको छ ।
बाँकी २९।५५ प्रतिशत अर्थात ६ लाख ५० हजार कित्ता शेयरको १० प्रतिशत अर्थात ६५ हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ३२ हजार ५०० कित्ता सामुहित लगानी कोषलाई र २ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्टाइएको छ । त्यस पश्चात बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आइपीओमा आवेदन गर्ने ५३ हजार ९५० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने भएका छन्। बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खालि हुने छ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोमिख रहेको जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top