शेयर अहिले छानीछानी सस्तो मूल्यमा किन्न पाइन्छ

काठमाडौँ । ३२०० पुगेको नेप्से घटेर १९३२.३३ अंकमा आएपछि कुनै पनि कम्पनीको शेयर छानीछानी सस्तो मुल्यमा किन्न पाइन्छ ।
तर, यता भान्सामा विहान बेलुका नभइ नहुने प्याज भने जति मूल्य तिर्छु भन्दा पनि किन्न नपाउने स्थिति बनेको छ । बजेट भाषणमार्फत सरकारले तरकारीमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएपछि प्याजको मूल्य एकाएक बढन पुगेको हो । व्यवसायीले त भ्याट लगाएको भन्दै प्याजको आयात नै बन्द गरेपछि त ३० रुपैयाँ किलोमा पाइने प्याज अहिले १५० पनि नपाउने अवस्था आएको छ ।
सरकारले प्याजमा भ्याट लगाउने व्यवस्था गरेपछि प्याज नै आयात रोकिएको कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष गिताप्रसाद आचार्यले बताए । ‘बाहिरबाट आयात नभएपछि ३० रुपैयाँ किलोमा पाइने प्याज १५० रुपैयाँ तिर्छु भन्दा पनि नपाउने अवस्था आएको छ,’ उनले भने, ‘अहिले पुरानो स्टक भएका व्यापारीले मात्र प्याज आफ्नो मनलाग्दी भाउमा बिक्री गरिरहेका छन् ।
भारतबाट आइरहेको प्याज जेठ १८ गतेपछि आयात हुन छाडेको आचार्यले बताए । ‘बरु अहिले बजारमा छानीछानी सस्तो मूल्यमा शेयर किन्न पाइन्छ, तर प्याज मंहगो मूल्य तिर्छु भन्दा पनि किन्न पाइदैन,’ उनले भने, ‘सरकारले फलफूल र तरकारीमा लगाएको भ्याट फिर्ता नगरेसम्म बजारमा सस्तोमा दैनिक उपभोग्य बस्तु किन्न पाइने स्थिति छैन् ।
प्याज नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै राख्न छाडेको छ । प्याज नभएपछि कारोबार हुने कुरै भएन, त्यही भएर मूल्यसूची पनि राख्न छाडिएको हो ।
सरकारले तरकारीको आयातमा भ्याट लगाएपछि आयात रोकिएर बजारमा प्याजको अभाव हुँदै गएको छ । प्याजसँगै आलु पनि आयात हुन छाडेको छ । आलु आयात हुन छोडेपछि त्यसको पनि मूल्य बढेको छ ।
आलु पनि स्टक छउन्जेल बिक्री गर्ने हो नभएपछि त्यसको पनि प्याजको जस्तै मूल्यसूची हटाउने कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघको भनाइ छ । आलु र प्याज भारतबाट आयात हुन छाडेपछि त्यसको मार नेपाली भान्सासम्म देखिएको छ ।
अहिले प्याज किनिनसक्नु गरी महंगो भएपछि नेपालीहरुको भान्सा निकै महंगो हुने भएको हो । प्याज महंगो भएसँगै नेपाली बजारमा प्याजको भाउ ह्वात्तै बढेको छ ।
अनारको भाउ पनि जेठ १५ गतेको तुलनामा प्रतिकिलो २०० रुपैयाँले महँगो हुँदै प्रतिकिलो ५०० रुपैयाँसम्म पुगेको छ । भ्याट लाग्न थालेपछि अनारको भाउ किलोमा नै २ सय रुपैयाँसम्म बढेको छ ।
प्याज, केराउ, फ्रोजन सागपात, आलु, कोसे तरकारी, केराउ ९छोडाएको वा नछोडाएको०, बोडी सिमी, पालुंगो, न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा कर लगाइएको हो ।
एभोकाडो, स्याउ, श्रीफल क्विन्स, खुर्पानी एप्रिकोट, अमिलो चेरी, अन्य, स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किबी फ्रुट, हलुवावेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लगाएको हो । यी वस्तुमा गत वर्ष मूल्य अभिवृद्धि लाग्ने गरेको थिएन ।
सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर छुट दिएको थियो । तर अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत ती वस्तुमा दिइँदै आएको छुट खारेज गरेका छन् ।
‘सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष पनि कृषिजन्य वस्तुमा भ्याट लाग्ने गरेको थियो । गत वर्षको सरकारले भने छुट दिने निर्णय गरेको थियो । यो सरकारले पुनः निरन्तरता दिएको हो ।
तरकारी तथा फलफूलमा भ्याट लाग्न थालेपछि घरको भान्सा महंगिएको छ । फलफूलको भाउ पनि महंगिएकाले विरामी हुँदा मात्र खाने गरेकाले पनि त्यस्तो बेलामा मात्र पनि खान नसक्ने अवस्था आएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top