लग्जरी इभि गाडीमा कर घटाएपछि हुन्डाई आयोनिकको मुल्य भारी मात्रामा घट्यो

काठमाडौँ । आगामी आर्थिक बर्षको बजेट मार्फत सयदेखि दुई सय किलोवाट मोटर जडित गाडीको कर घटेपछि कम्पनीहरुले विद्युतीय गाडीको मूल्य घटाएका छन् । गत जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले लग्जरी इभि गाडीमा कर घटाएपछि हुन्डाई आयोनिकको मुल्य भारी मात्रामा घटेको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले ५० किलोवाट मोटर क्षमता भएका विद्युतीय गाडीमा १० प्रतिशत मात्रै भन्सार लगाएका थिए ।
त्यस्तै ५० देखि सय किलोवाट मोटर क्षमताका गाडीमा १५ प्रतिशत भन्सार,१० प्रतिशत अन्तशुल्क,१०० देखि २०० किलोवाट मोटर क्षमताका गाडीलाई २०र२० प्रतिशत भन्सार र अन्तशुल्क कायम गरेको छ । यस अघि सयदेखि २०० क्षमताका गाडीमा ३० प्रतिशत अन्तशुल्क लगाइएको थियो ।
त्यस्तै २०० देखि ३०० किलोवाटसम्मका गाडीलाई ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तशुल्क लगाएको छ । ३०० किलोवाट माथिका गाडी आयातमा ६०र६० प्रतिशत भन्सार र अन्तशुल्क कायम गरिएको छ ।
बजेटमा कर घटेपछि लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले हुन्डाईले आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घटाएको छ ।
यस अघि हुन्डाईले आयोनीक ५,१ करोड १६ लाख ९६ हजार मूल्य तोकिएको थियो । बजेटमा कर घटेपछि हाल मूल्य १ करोड २ लाख ९६ हजार मूल्य तोकिएको छ ।
हुन्डाई आयोनिक लग्जरी गाडी हो । १२५ किलोवाट क्षमताको मोटर क्षमताको यो गाडीमा ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले १८ मिनेटमा नै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
५८ किलोवाट आवरको ब्याट्री दिएको छ । यो गाडी नेपाली बजारमा आउँदा ८१ लाख मुल्य तोकिएको थियो ।तर, तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ठूला सेग्मेन्टका विद्युतीय गाडीमा कर बढाएपछि आयोनिक फाइभसहित सय किलोवाट माथिका गाडीको मूल्य बढाएको थियो ।
हुन्डाइसहित बिवाईडी एटो थ्रि १५० किलोवाट,एमजी जेटएस इभि,किया लगाएतका विद्युतीय गाडीको मूल्य १० देखि १६ लाखसम्म मुल्य घटाएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top