भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढ्यो

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले भाडाका गाडीमा लाग्दै आएको नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएका छ । आगामी आर्थिक बर्षको बजेट मार्फत सीसी क्षमता अनुसार आयकर बढाएका हुन ।
आर्थिक विधेयकमार्फत भाडाका सवारी साधन दर्ता वा नवीकरण गर्दा साना ठूला सबै भाडाका सवारी साधनको आयकर बढेको उल्लेख छ ।
आर्थिक विधेयक अनुसार कार, जिप, भ्यान, माइक्रोबसमा १३०० सीसीसम्म ४ हजार आयकर लाग्दै आएको थियो । अगामी आर्थिक बर्षदेखि ५ हजार ५०० आयकर लाग्ने व्यवस्था गरेको छ ।
१३०१ देखि २०० सीसीसम्म

यस अघि १३०१ देखि २०० सीसीसम्म ४ हजार ५०० लाग्दै आएको थियो । अब सोको आयकर ६ हजार पुर्याइएको छ । २ हजार १ सीसीदेखि २९०० सीसीसम्मसवारी दर्ता नवीकरण गर्दा ५ हजार लाग्दै आएकोमा अब आयकर बढेर ६ हजार ५०० रुपैयाँ लाग्ने भएको छ ।

२९०१ सीसीदेखि ४ हजार सीसीसम्म

२९०१ सीसीदेखि ४ हजार सीसीसम्मको सवारी दर्ता वा नवीकरण गर्दा यस अघि ६ हजार लाग्दै आएको थियो । तर, अब अगामी आर्थिक बर्षदेखि ८ हजार तिर्नुपर्ने भएको छ । ४ हजार सीसी भन्दा माथिकोमा दर्ता नवीकरण गर्दा लाग्ने आयकर ७ हजारबाट बढेर ९ हजार पुर्याइएको छ ।

मिनी बस, मिनी ट्रक र पानी ट्यांकर

त्यसैगरी मिनी बस, मिनी ट्रक र पानी ट्यांकरका हकमा ८ हजार पुर्याइएको छ । यस अघि यो शुल्क ६ हजार रुपैयाँ लाग्दै आएको थियो ।

मिनी टिपरको सवारीधनीले तिर्ने आयकर ९ हजार पुगेको छ । यस अघि ७ हजार थियो । ट्रक र बसको सवारीधनीको आयकर ८ हजारबाट बढेर १० हजार ५०० पुर्याइएको छ ।

हेभि इक्युपमेन्ट

हेभि इक्युपमेन्ट जस्ता ठूला उपकरणको नवीकरण गर्दा लाग्ने आयकर १५० हजार पुगेको छ । यस अघि १२ हजार थियो । तेल ट्यांकर ग्यास बुलेट, टिपरको पनि १५ हजार ५०० पुगेको छ ।
आर्थिक विद्येयक अनुसार ट्याक्टरको २ हजारबाट बढेर २ हजार ५००, पावर टिलरको १५०० बाट २ हजार , अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोको २ हजारबाट २ हजार ५०० रुपैयाँ पुर्याइएको छ ।
विद्युतीय सवारी साधनको दर्ता वा नवीकरण गर्दा कति तिनुपर्छ

विद्युतीय सवारीतर्फ विद्युतीय सवारी साधनको दर्ता वा नवीकरण गर्दा ५० किलोवाटसम्मको विद्युतिय सवारी साधनमा ३ हजार आयकर तोकेको छ ।

५० देखि १२५ किलोवाटसम्मकोलार्य ४ हजार तोकिएको छ भने १२५ देखि २०० किलोवाटसम्म ६ हजार नविकरण र आयकर लाग्ने व्यवस्था भएको छ । २०० किलोवाटमाथि ७ हजार ५०० रुपैयाँ आयकर लाग्ने आर्थिक विधेयकले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top