पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउदै

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढेको छ।
ठमेल पर्यटन विकास परिषदले काठमाडौं महानगरपालिका, विद्युत प्राधिकरण, प्रहरी र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ठमेललाई थप व्यवस्थित बनाउन मुख्य चारवटा काम गर्दैछ।
परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार पहिलो चरणमा ठमेलमा स्ट्रिट(नम्बर प्लेट राखिनेछ।
पर्यटकलाई सहज र ठाउँ व्यवस्थित बनाउन सबभन्दा पहिले ठमेलमा स्ट्रिट(नम्बर प्लेट राख्न लागिएको हो, उनले भने, यसले पर्यटकलाई ठमेल पुग्दा ठाउँबारे हेर्न सजिलो हुन्छ।
यसका लागि परिषद र पर्यटन बोर्डको सहकार्य हुनेछ। स्ट्रिट(नम्बर राख्ने काम कर्मचारी सञ्चय कोषको भवन रहेको गल्लीबाट सुरू हुने उनले बताए।
नेपाल घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल आइपुग्छन्। यसलाई पर्यटक जमघट हुने थलोका रूपमै चिनिन्छ, उनले सेतोपाटीसँग भने, पर्यटक आउँदा अलमल नहोस् भनेर र स्वागतका लागि ठमेल व्यवस्थित बनाउन लागिएको हो।
ठमेलमा ७५ वटा स्ट्रिट(नम्बर राखिनेछ। यसका लागि करिब २० लाख रूपैयाँ बजेट अनुमान छ। स्ट्रिट(नम्बर राख्ने काम केही दिनमै सुरू हुने शर्माले बताए।
पोखराको लेकसाइडमा जस्तै अब ठमेलका प्रत्येक गल्लीलाई नम्बर दिइन्छ। अहिले जे नाम छ, त्यही नाम हुन्छ, उनले भने, पर्यटकलाई गल्ली खोज्नुभन्दा पनि नम्बर हेरेर हिँड्न सजिलो हुन्छ।

स्ट्रिट(नम्बरसँगै सिसिटिभी क्यामरा, सडक बत्ती जडान र सडक मर्मत काम हुनेछ।

काठमाडौं महानगरसँगको सहकार्यमा ठमेलमा पाँच सय वटा ९अटो० सेन्सरमा आधारित सडक बत्ती जडान गरिनेछ।

अहिले सडकमा बत्ती जडान गर्न काठमाडौं महानगरसँग छलफल भइरहेको छ। जुनसुकै समयमा पनि पर्यटकको आवतजावत हुने ठमेलमा राति पनि झिलीमिली बनाउन यो प्रयास भइरहेको उनले बताए।

ुठमेलका मुख्य र भित्री सडकमा दुबैतर्फ सेन्सरमा आधारित बत्ती जडान हुनेछ। यसलाई बन्द गर्ने, खोल्ने गर्नुपर्दैन। अँध्यारोमा बल्छ उज्यालोमा निभ्छ,ु उनले भने।

सडक बत्ती जडानमा काठमाडौं महानगरसँगै विद्युत प्राधिकरणको सहकार्य हुनेछ। यो काम आगामी डेढ महिनामा सुरू हुने अध्यक्ष शर्माले बताए।

त्यस्तै ठमेलभित्र हुने सम्भावित दुर्घटना कम गर्न सिसी टिभी क्यामरा जडानको काम पनि आगामी एक महिनामै सुरू हुनेछ। काठमाडौं महानगर र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सम्वन्यमा क्यामरा जडान हुने उनले बताए।

ध्यक्ष शर्माले भने, ुदुर्घटना भइहाले पनि कानुनी दायराभित्र ल्याउन सहयोग पुर्‍याउनेछ।ु

ठमेलका सडक मर्मतको काम चालु आर्थिक वर्षभित्रै सक्ने योजना छ। तर सम्बन्धित निकायले समयमै काम नगर्दा सडकमा बत्तीका खाँबा र तार अझै अलपत्र रहेको गुनासो उनले गरे।

उनका अनुसार ठमेल क्षेत्रमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम अलपत्र छोड्दा सडक कालोपत्रे गर्न समस्या भएको छ। सबै काम सम्पन्न भएपछि ठमेल ुसुन्दर पर्यटकीय केन्द्रु बन्ने उनको भनाइ छ।

कोरोना महामारीपछि अहिले बल्ल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको समेत उनले बताए। ुआगन्तुक होटलु का सञ्चालक समेत रहेका शर्माका अनुसार ठमेलका होटलहरू लगभग ८० प्रतिशत भरिएका छन्।

कोभिडपछि मात्र ठमेलमा चारवटा तारे होटल सञ्चालनमा आएका छन्। यी पूर्वाधार उपयोग गर्न पनि पर्यटक बढाउनै पर्छ।

ुपहिले दस हजार पर्यटक आउँदा ठमेल खचाखच हुन्थ्यो,ु अध्यक्ष शर्मा भन्छन्, ुतर महामारीके बेला पूर्वाधार तयार भए, अब ठमेल भरिभराउ हुन ३० हजार पर्यटक चाहिन्छ।

धेरैजसो पर्यटक अर्को गन्तव्य नजाउन्जेल ठमेलमै बस्छन्। यसो हुँदा ठमेलमा दैनिकजसो तीन हजारभन्दा बढी विदेशी पर्यटक आवतजावत गर्ने तथ्यांक छ।

अब मे महिनासम्मै यहाँ पर्यटक बढ्ने उनले बताए।

ुपर्यटकीय सिजन चलिरहेको छ, आवतजावत राम्रै छ,ु उनले भने, ुकोभिडपछि बढेको यो चहलपहलले व्यवसायीहरू उत्साहित छन्।ु

प्रकाशित मितिस् बिहीबार, चैत ३०, २०७९, १५स्३४स्००
छज्ञड

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top