काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।

काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।

चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका छन् । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् ।

उनीहरुको करिव ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । १८१ चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए । उनले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिवन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध बिस्तार भएको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गरे ।
त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा।धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका रहेको बताए । उनले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १८१ चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताए । उनले पहिलो समूहमा १८१ जना आएको र अब लगातार रुपमा ७ सय चिनियाँ पर्यटक आउने बताए । उनले २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएको बताए । उनले चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भनेपनि कोरोनाका कारण सफल हुन नसकेको बताए । उनले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताए । उनले पर्यटकहरुको नेपाल बसाई एक हप्ता हुने बताए ।
त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एयरलाइन्सको विमान चार्टर उडानमार्फत लगातार आउने तालिका रहेको बताए । उनले अप्रिल १९ तारिकमा अर्को उडानमार्फत आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिएको बताए । उनले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाईमा ३ दिन टे«किङ जाने र ४ दिन काठमाडौं पोखरा घुम्ने बताए । उनले नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ उर्जा थपेको बताए । उनले चिनियाँ पर्यटक नेपालमा बढेसँगै मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने देखिएको बताए ।
कोरोना महामारी पश्चात चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचिमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात चार्टर उडानमार्फत नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत आएका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top