अब सिधै अष्ट्रेलियाको सिड्नी जाने अनुमतिे नेपाल एयरलाइन्सले पायो

काठमाडौँ । अब नेपालबाट अष्ट्रेलियाको उडान लिन सकिने भएको छ । नेपाल वायुसेवा निगम अथवा नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडान गर्न पाउने भएको छ ।
निगमले सातामा वाइडबडीबाट २ उडान गर्न अनुमति र समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबार उडान अनुमति दिएको छ।
विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ। यस उडानका लागि काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट रहने छ । निगमका अनुसार सिंगापुरबाट अष्ट्रेलियाको सिड्नी उड्ने भएको हो ।
हाल विमानस्थलकोलागि मेन्टेनन्स, मर्मत र अपरेशन छनोट गरिसकेको छ भने जनरल सेल्स एजेन्ट, यात्रुलाई खानाका लागि समेत क्याटरिङ कम्पनी, सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोट लगायत अन्य प्रक्रिया निगमले अघि बढाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top