खेलकुद

बेलबारी गोल्डकप : हिमालायन शेर्पा सेमिफाइनलमा

विराटनगर — हिमालयन शेर्पा फुटबल क्लब मोरङमा जारी चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । शेर्पाले शनिबार गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० ले हरायो ।  हिमालयनका विसन गुरुङ म्यान अफ द म्याच भए । उनले ५ हजार पाए । आइतबार रारा फुटबल क्लब राजारानी धनकुटा र आयोजक डाँगीहाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

गोदावरी मेयर कप सुरु

ललितपुर — ठेचोस्थित टु स्टार क्लब र गोदावरी नगरपालिका–१२ द्वारा संयुक्त रूपमा आयोजित गोदावरी नगरपालिका अन्तर वडाव्यापी मेयर कप शनिबार सुरु भएको छ । क्लबको २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको पहिलो खेलमा गोदावरी नगरपालिका–९ (क) छम्पीले ठेचोलाई १–० ले हरायो । प्रतियोगितामा २० टिम सहभागी छन् ।  कात्तिक २७ सम्म चल्ने प्रतियोगिता विजेताले एक लाख र उपविजेताले …

गोदावरी मेयर कप सुरु Read More »

THANK YOU FOR VISITING US :)
Scroll to Top