गोदावरी मेयर कप सुरु

ललितपुर — ठेचोस्थित टु स्टार क्लब र गोदावरी नगरपालिका–१२ द्वारा संयुक्त रूपमा आयोजित गोदावरी नगरपालिका अन्तर वडाव्यापी मेयर कप शनिबार सुरु भएको छ । क्लबको २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको पहिलो खेलमा गोदावरी नगरपालिका–९ (क) छम्पीले ठेचोलाई १–० ले हरायो । प्रतियोगितामा २० टिम सहभागी छन् । 

कात्तिक २७ सम्म चल्ने प्रतियोगिता विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष रवीन्द्र महर्जनले युवालाई कुलतमा फस्न नदिन खेलकुद महत्वपूर्ण माध्यम भएको बताए । गोदावरी नगरपालिका–१२ वडाध्यक्ष जगतबहादुर महर्जनले स्वस्थ्य जीवनका लागि खेल अत्यावश्यक भएको बताए । मेयर कपलाई गोदावरी नगरले ४ लाख सहयोग गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top