खुशी हुँदै बेलायतमा रहेका नेपाली बालबालिका

काठमाडौं । संसारको जुनसुकै कुनामा छरिएर रहे पनि आफ्नो देशको कला, संस्कृति र पहिचान सबैको लागि प्यारो लाग्छ । आफ्नो देशको भाषा, धर्म, संस्कार, रहनसहन र परिवेशको जर्गेना गर्नु झन ठूलो कुरा हो । यही उद्येश्यअनुरुप बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाल र नेपाली परिवेश झल्काउने सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
“प्रतिभा नक्षत्र २०२३”कोे लािग आवेदन खुल्ला गरिएको केही समयमै विभिन्न देशमा रहेका नेपाली बालबालिकाहरुले पनि भाग लिन रुचि देखाएको र आवेदन दिएको आयोजक संस्थाले जनाएको छ ।
बेलायतमा रहेका नेपाली बालबालिकाहरुले नेपाली भाषा, कला, संस्कृति ,पहिरन र परिवेश झल्काउने प्रतिस्पर्धा ह्ुने उक्त कार्यक्रममा बालबालिकाहरुले जुनसुकै विधामा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । प्रतिभा नक्षत्रका अध्यक्ष सिम्मी पुनकाअनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा, कला र संस्कृतिको जानकारी दिने तथा उनीह्रुको प्रतिभा प्रर्दशन गर्ने उद्येश्यले आयोजना गर्न लागिएको होे ।
प्रतिभा नक्षेत्रका परिकल्पनाकार राजेन्द्र खसकाअनुसार कार्यक्रममा सहभागि हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने भएकाले बेलायतबाहेक यूरोपका विभिन्न देशहरुबाट समेत बालबालिकाले आवेदन दिइरहेका छन् ।
कार्यक्रम प्रतिभा नक्षत्र यही अगस्ट २६ मा लन्डन प्लमस्टिडको एशियन कम्यूनिटी सेन्टरमा आयोजना हुनेछ ।
नेपाली गीत, संगीत, नृत्य, कला, साहित्य, चित्रकलगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्ने
उहाँका अनुसार भने नेपाली बालबालिका र युवाहरुलाई नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने विभिन्न खालका कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी, विभिन्न नेपाली परिकारका खानाहरु, नेपाली खेलहरुदेखी चङ्गा उडाउने र साहित्यिक सामग्रीहरुको बाचन गर्ने कार्यक्रमसमेत रहेको छ ।
नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवागरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ । युथ नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हु्नेलाई क्रमशः छ सय पाउण्ड, पाँच सय पाउण्ड र चार सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हुनेले पनि क्रमशः चार सय, तीन सय र दुई सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
बालसमूह अन्र्तगत ६ वर्षदेखी ११ वर्षसम्मका बालबालिका र युथअन्र्तगत ११ देखी १९ वर्षका यूवाले भाग लिन सक्नेछन । चार वर्षदेखी नियमित हुदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका केही कार्यक्रम यस वर्ष थप गर्न लागिएको छ । यस वर्ष पहिलो पटक कार्यक्रमस्थलमा थारु संस्कृति झल्काउने थारुघर र नेपाली मौलिकता झल्काउने विभिन्न स्टलहरु राखिने तयारी भइरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top