हेलिकप्टर दुर्घटनामा परेका ६ जनाको निधन भएको पुष्टि

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएका ६ जनाको शव फेला परेको छ । उक्त दुर्घटनामा परेर ६ जनाको निधन भएको पुष्टि विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले गरेका छन् ।
मनाङ एयरको ९एन एएमभी एएस को हेलिकप्टर बिहान १० बजेर १३ मिनेटदेखि सम्पर्कविहिन भएको र सोलुखुम्बुको लिखुपिखे वार्ड नं ५ लामजुरा नजिक भेटिएको थियो । पाइलट लगायतका अन्य पाँच जना यात्रुहरूको शव स्थानिय तथा प्रहरीले फेला परेको पनि विमानस्थलका तिवारीले जानकारी दिए । उद्धार कार्यमा २ एल्टिच्युड हेलिकप्टर परिचालन गरिएको थियो ।
खराब मौसमी अवस्थाका कारण दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्न सकिएको थिएन । जसकारण उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर भकान्जे नजिकअवतरण गरिएको छ । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने पहल भइरहेको छ ।
यसैगरी, सिम्रिक एयरको अर्को हेलिकप्टर पनि उद्धार कार्यका लागि परिचालित गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top