अफगान कुटनीतिज्ञहरूलाई पाकिस्तानको अनौपचारिक स्वीकृति

काठमाडौँ — पाकिस्तानले तालिबान सरकारद्वारा नियुक्त कुटनीतिज्ञहरूलाई मौन रुपमा अनुमति दिएको छ । तालिबान सरकारलाई मान्यता नदिए पनि उसले नियुक्त गरेका कुटनीतिज्ञहरूलाई भिषा अनुमति दिन थालेको छ ।

पाकिस्तानको अनुमतिसँगै इस्लामाबादस्थित अफगान दूतावासमा सरदार मुहम्मद शोकैबले हालै ‘फर्स्ट सेक्रेटरी’को रुपमा काम गर्न थालेका छन् । यस्तै हजिफ मोहिबुल्लाह, मुल्लाह घुलाम रसूल र मुल्लाह मुहम्मद अब्बास पेशावर, क्वेट्टा र कराँचीमा वाणिज्य दूतावासमा नियुक्त भइसकेका छन् । तर यसबारे पाकिस्तानबाट कुनै प्रतिक्रिया आएको छैन ।

अघिल्लो शासनकालका तत्कालीन राजदूत नजिबुल्लाह अलीखि विवादमा परेपछि पाकिस्तानस्थित अफगान दूतावास गत जुलाईदेखि नै राजदूतविहीन छ।

अफगानिस्तानको नयाँ नियुक्तिलाई पाकिस्तानले भने औपचारिक रुपमा स्वागत गरेको छैन । पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता असिम लिफ्तिखरले यसलाई प्रशासनिक मामिला भएको प्रतिक्रिया दिएका छन् ।

अगस्ट १५ पछि अफगानिस्तानमा तालिबानले नियन्त्रण जमाएपछि पाकिस्तानले तालिबानसँग कुटनीतिक रूपमा संलग्न हुन विश्वलाई विश्वस्त पार्ने प्रयास गरिरहेको बताइन्छ । यद्यपि, विश्व समुदायले भने तालिबानका गतिविधिप्रति शंका गर्दै उसबाट मानव अधिकारको सम्मान र प्रतिवद्धता खोजिरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top